प्रहरीद्वारा ३३ बिगाहाको गाँजा र १९ बिगाहाको अफिम नष्ट
मकवानपुर, पुस ३ : जिल्ला प्रहरी कार्यालयले राक्सिराङ गाउपालिकाको वडा नं ४ र ५ को धुर्सिङ, निबुतार, लाइसिराङलगायत ठाउँमा अवैधरुपमा खेती गरिएको ३३ बिगाहा क्षेत्रफलको गाँजा तथा १९ बिगाहा क्षेत्रफलको अफिम जिल्ला प्रहरी कार्यालय र बागमती प्रदेश दङ्गा नियन्त्रण कार्यालयको संयुक्त टोलीले यही पुस १ गतेदेखि आजसम्ममा फडानी गरी नष्ट गरेको छ।
प्रहरीले हरेक वर्ष उक्त गाउँपालिकामा अवैध खेती गरिएका गाँजा तथा अफिम खेती नष्ट गर्ने गरे पनि गाउँपालिकाको विकट गाउँमा अवैध ढङ्गले गाँजा र अफिम खेती गर्ने काम रोकिएको छैन। उक्त गाउँमा अवैध उत्पादित गाँजा र अफिम गोप्य तवरले भारततर्फ निकासी गरिन्छ। प्रहरीले पटकपटक गाजा ओसारपसार गर्नेलाई पक्राउ गरे पनि गाजा र अफिमको अवैध खेती रोकिएको छैन।
प्रकाशित मिति: १९:४६ बजे, शनिबार, पुस ३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पोखरामा सामुदायिक विद्यालय पढाउने अभिभावकको निःशुल्क स्वास्थ्य बिमाशुक्रबार, मंसिर ७, २०८१
झापाबाट एघार करोडको चिया निर्यातशुक्रबार, मंसिर ७, २०८१
जटिल रोग लागेका बिरामीलाई लुम्बिनी प्रदेशको दुई लाख सहयोगशुक्रबार, मंसिर ७, २०८१
अर्जुनचौपारी गाउँपालिकाद्धारा स्याङ्जाका तीन यु–१९ महिला क्रिकेटरलाई सम्मान बिहीबार, मंसिर ६, २०८१