कांग्रेस खुला केन्द्रीय सदस्यको मतगणना जारी, ११ सय गन्दा कसकाे मत कति?
१ हजार १ सय मत गन्दा अग्रस्थानमा रहेका निवर्तमान महामन्त्री कोइरालाले ८८२ मत पाएका छन्। उनलाई ७९७ मत ल्याएका बालकृष्ण खाँणले पछ्याइरहेका छन्।
काठमाडाैं, पुस ३ : नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा अहिले खुला केन्द्रीय सदस्यको मतगण जारी छ।
बिहान साढे ११ बजेबाट सुरु भएको मतगणनाको पछिल्लो अपडेटअनुसार शशांक कोइरालले निरन्तर अग्रता कायमै राखेका छन् । १ हजार १ सय मत गन्दा अग्रस्थानमा रहेका निवर्तमान महामन्त्री कोइरालाले ८८२ मत पाएका छन्।
उनलाई गृहमन्त्रीमसेत रहेका नेता बालकृष्ण खाँणले पछ्याइरहेका छन्। खाँडाले ७९७ मत ल्याएका छन् । यस्तै, उदयशम्शेर रानाले ७५१, रमेश लेखकले ७०३, बलबहादुर केसीले ६९८ मत ल्याउँदा दिलेन्द्रप्रसाद बडुले ६८५ मत प्राप्त गरेका छन्।
कांग्रेसमा खुलातर्फबाट ३३ केन्द्रीय सदस्य निर्वाचित हुने छन्। जसमा ९० जनाले प्रतस्पर्धा गरिरहेका छन्।
कसले कति ल्याए मत ?
- शशांक कोइराला-८८२
- बालकृष्ण खाँण-७९७
- उदयशमशेर राणा -७५१
- रमेश लेखक-७०३
- बलबहादुर केसी-६९८
- मोहनबहादुर बस्नेत -६९१
- दिलेन्द्रप्रसाद बडु-६८५
- ज्ञानेन्द्रबहादुर कार्की-६७८
- गोपालमान श्रेष्ठ -६५७
- एनपी साउद-६१३
- दिनेश कोइराला -६१३
- रामशरण महत-६०९
- अर्जुननरसिङ केसी- ६०२
- गुरु बराल-६०१
- सुनिलबहादुर थापा-६००
- कुन्दनराज काफ्ले-५९९
- गणेश लामा-५८९
- जिपछिरिङ लामा-५८८
- रामहरि खतिवडा-५७८
- गोविन्द भट्टराई -५६६
- नैनसिंह महर-५१४
- जीतजङ्ग बस्नेत-५१३
- सुरेन्द्रराज पाण्डे-५०१
- तारणीदत्त चटौत-४६७
- त्रैलोक्यप्रताप सेन-४६५
- लोकेश ढकाल-४५५
- टेकराज पौडेल-४१३
- मदन अमात्य-४०९
- पद्यनारायण चौधरी-३९९
- केदार कार्की-३९६
- अजयबाबु सिवाकोटी- ३९२
- मोहन आचार्य-३९०
- शंकर भण्डारी-३८८
- धावा गुरुङ-३८६
- सुरेशचन्द्र चालिसे-३८२
प्रकाशित मिति: १९:०५ बजे, शनिबार, पुस ३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











