Kathmandu Press

भारतद्वारा आणविक क्षमताको ब्यालेस्टिक मिसाइल परीक्षण

नयाँ दिल्ली, पुस ३ : भारतले शनिबार आफ्नो नयाँ पुस्ताको आणविक क्षमताको ब्यालिस्टिक मिसाइल "अग्नी पी" को सफल परीक्षण गरेको छ।मिसाइल परीक्षण अब्दुल...
भारतद्वारा आणविक क्षमताको ब्यालेस्टिक मिसाइल परीक्षण

नयाँ दिल्ली, पुस ३ : भारतले शनिबार आफ्नो नयाँ पुस्ताको आणविक क्षमताको ब्यालिस्टिक मिसाइल "अग्नी पी" को सफल परीक्षण गरेको छ।

मिसाइल परीक्षण अब्दुल कलाम टापु भारतको पूर्वी राज्य ओडिशाको तटमा बिहान ११:०६ मा  गरिएको रक्षा मन्त्रालयले  जनाएको छ।

Hardik ivf

मन्त्रालयको विज्ञप्तिमा भनिएको छ- टेलिमेट्री, राडार, इलेक्ट्रो-अप्टिकल स्टेशनहरू र पूर्वी तटमा अवस्थित डाउन-रेन्ज जहाजहरूले मिसाइल ट्र्याजेक्टोरी र मापदण्डहरू ट्र्याक र निगरानी गरेका थिए। मिसाइलले प्रक्षेपणलाई उच्च स्तरको सटीकताका साथ सबै मिशन उद्देश्यहरू पूरा गरेको विज्ञप्तिमार्फत् जनाइएको छ।

'अग्नि पी' एक दुई चरणको क्यानिस्टराइज्ड ठोस प्रोपेलेन्ट ब्यालिस्टिक मिसाइल हो जसमा डुअल रिडन्डन्ट नेभिगेसन र मार्गदर्शन प्रणाली छ। यस दोस्रो उडान-परीक्षणले प्रणालीमा एकीकृत सबै उन्नत प्रविधिहरूको भरपर्दो कार्यप्रदर्शन प्रमाणित गरेको  पनि  रक्षा मन्त्रालयको विज्ञप्तिमा भनिएको छ।

प्रकाशित मिति: १८:५४ बजे, शनिबार, पुस ३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्