प्रधानमन्त्री देउवाले डाकेको सर्वदलीय बैठकमा एमाले सहभागी नहुने
काठमाडौं, पुस ३ : प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकमा एमाले सहभागी नहुने भएको छ। माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)...
काठमाडौं, पुस ३ : प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकमा एमाले सहभागी नहुने भएको छ। माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) लाई पनि बोलाएको भन्दै एमालेले बैठकमा सहभागी हुन नचाहेको स्रोतको भनाइ छ।
अहिलेसम्म सर्वदलीय बैठक आह्वान सम्बन्धमा पत्र प्राप्त नभएको पनि एमालेले जनाएको छ। आफ्नो पार्टीले मान्यता नदिएका दलहरू उपस्थित हुने बैठकमा सहभागी नहुने नसक्ने प्रतिक्रिया एमाले महासचिव शंकर पोखरेलले दिएको जनाइएको छ।
संसदमा जारी अवरोध हटाउनेलगायत अन्य महत्वपूर्ण विषयमा निर्णय गर्न आइतबार ४ बजेका लागि सर्वदलीय बैठक डाकिएको प्रधानमन्त्री सचिवालयले जनाएको छ।
प्रकाशित मिति: १८:०२ बजे, शनिबार, पुस ३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











