Kathmandu Press

प्रधानमन्त्री देउवाले डाके सर्वदलीय बैठक

काठमाडौं, पुस ३ : प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले आइतबार अपरान्ह ४ बजेका लागि सर्वदलीय बैठक बोलाएका छन्।बालुवाटार स्रोतका अनुसार सबै दलका शीर्ष...
प्रधानमन्त्री देउवाले डाके सर्वदलीय बैठक

काठमाडौं, पुस ३ : प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले आइतबार अपरान्ह ४ बजेका लागि सर्वदलीय बैठक बोलाएका छन्।

बालुवाटार स्रोतका अनुसार सबै दलका शीर्ष नेताहरु र पूर्वप्रधानमन्त्रीहरुलाई सो बैठकमा बोलाइएको छ। बैठकमा संसदमा भइरहेको अवरोध अन्त्य गर्नेलगायत अन्य महत्वपूर्ण विषयमा छलफल हुने जनाइएको छ।

प्रमुख प्रतिपक्षी दल एमालेले लगातार अवरोध गरिरहेका कारण संसद बैठक सहज ढंगले बस्न सकिरहेको छैन। जसले गर्दा कैयौं विधेयकहरु अलपत्र परेका छन्।

सर्वदलीय बैठक बोलाउनुअघि प्रधानमन्त्री देउवाले सत्ता साझेदार दलका प्रमुखहरुसँग छलफल गरेको बुझिएको छ। सो छलफलमा सर्वदलीय बैठक बोलाउने टुंगो लागेको स्रोतको भनाइ छ।

प्रकाशित मिति: १७:०९ बजे, शनिबार, पुस ३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्