Kathmandu Press

भारतमा थप सात हजारलाई कोरोना संक्रमण, २८९ को मृत्यु

नयाँ दिल्ली, पुस ३ : कोरोनाभाइरसबाट भारतमा पछिल्लो एक दिनमा सात हजार १४५ जना नयाँ सङ्क्रमित भएका छन्।सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार सोही अवधिमा कोरोनाका...
भारतमा थप सात हजारलाई कोरोना संक्रमण, २८९ को मृत्यु

नयाँ दिल्ली, पुस ३ : कोरोनाभाइरसबाट भारतमा पछिल्लो एक दिनमा सात हजार १४५ जना नयाँ सङ्क्रमित भएका छन्।

सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार सोही अवधिमा कोरोनाका कारण अरु २८९ जनाको मृत्यु भएको छ।

Hardik ivf

भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या ८४ लाख ५६५ रहेको पुगेको पनि जनाएको छ। 

यो सङ्ख्या पछिल्लो ५६९ दिनपछिकै सवैभन्दा कम भएको पनि मन्त्रालयका अधिकारीहरुले शनिबार जानकारी दिएका छन्। प्रतिशतको हिसाबले पनि सक्रिय सङ्क्रमितहरुको सङ्ख्या गत मार्चपछिकै सबैभन्दा कम भएको उनीहरुको भनाइ छ।

उनीहरुका अनुसार भारतमा कुल सङ्क्रमित मध्ये ०.२४ प्रतिशत सङ्क्रमितहरु अहिले पनि सङ्क्रमित अवस्थामै रहेका हुन्। 

पछिल्लो २४ घण्टामा भारतमा आठ हजार ७०६ जना सङ्क्रमणमुक्त भएका छन्। योसँगै अहिलेसम्म सङ्क्रमणमुक्त भएकाहरुको कुल सङ्ख्या ३ करोड ४१ लाख ७१ हजार ४७१ पुगेको छ।  

प्रकाशित मिति: १६:४० बजे, शनिबार, पुस ३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्