Kathmandu Press

फिलिपिन्समा सुपर टाइफुन ‘राई’ बाट मृत्यु हुनेको संख्या २३ पुग्यो

दापा, पुस ३ : फिलिपिन्समा यस वर्षको सबैभन्दा शक्तिशाली आँधीमा परी कम्तीमा २३ जनाको मृत्यु भएको छ।अधिकारीहरूले शनिबार दिएको जानकारीअनुसार आँधीको चपेटामा परेका टापुहरूमो...
फिलिपिन्समा सुपर टाइफुन ‘राई’ बाट मृत्यु हुनेको संख्या २३ पुग्यो

दापा, पुस ३ : फिलिपिन्समा यस वर्षको सबैभन्दा शक्तिशाली आँधीमा परी कम्तीमा २३ जनाको मृत्यु भएको छ।

अधिकारीहरूले शनिबार दिएको जानकारीअनुसार आँधीको चपेटामा परेका टापुहरूमो ‘डर लाग्दो’ विनाश भएको विवरणहरु पनि प्राप्त भएका छन्।  

फिलिपिन्समा भीषण रुपमा आएको बतास र मुसलधारे वर्षाको साथै, सुपर टाइफुन ‘राई’ का कारण बिहीबार हजारौं मानिस आफ्नो घर र समुद्र तटीय रिसोर्टहरू छोडेर भागेका थिए।

Hardik ivf

अधिकारीहरुले दिएको पछिल्लो विवरणअनुसार अहिलेसम्म तीन लाखभन्दा बढी मानिस आँधीका कारण विस्थापित भएका छन्। शनिबारसम्म साउथ चाइना सागरमाथि उभिएर भियतनामतर्फ लाग्नु अघि राईले भिसायास क्षेत्र, मिन्डानाओ र पलावान टापुहरू पार गरेको थियो।

प्रत्येक वर्ष फिलिपिन्समा औसत २० ओटा आँधीबेहरी र टाइफुनहरूबाट प्रभावित पारेको पाइन्छ। यसले सामान्यतया पहिले नै गरिब क्षेत्रहरुमा रहेका पसल, घरहरू र पूर्वाधारहरू नष्ट गर्ने गरेका छन्। 

दक्षिण फिलिपिन्स हुँदै मडारिएको शक्तिशाली समुद्री आँधीले लोकप्रिय पर्यटकीय क्षेत्र तहसनहस बनाएको अधिकारीहरूले बताएका छन्।

मानिसहरू बिदा मनाउन पुग्ने सिरगाओ टापुमा १९५ किलोमिटर प्रतिघण्टाको हुरीसहित बिहीबार आएको राई समुद्री आँधीले भारी वर्षा गराएको थियो ।तीव्र गतिको आँधीले बाटोमा परेका घरहरू ढलाउँदा करोडौँको क्षति भएको छ।

सिरगाओमा रुखहरू जरैसँग उखेलिएका छन भने बिजुलीका तार र खम्बाहरू ढलेका छन्।  संयुक्त राष्ट्रसङ्घले एक करोड ३० लाख मानिसहरू प्रभावित भएका जनाएको छ।

जताततै बाढी आएपछि हजारौँ मानिसहरू घर छोडेर सुरक्षित स्थलमा आश्रय लिइरहेको बताइएको छ। अधिकारीहरूले विमानस्थलको प्रमुख टर्मिनलमा क्षति पुगे पनि धावनमार्ग उद्धार उडानहरूका लागि चालु रहेको बताएका छन्।

प्रकाशित मिति: १६:३८ बजे, शनिबार, पुस ३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्