Kathmandu Press

जापानको ओसाकास्थित मानसिक स्वास्थ्य क्लिनिकमा आगलागी हुँदा २४ को मृत्यु

टोकियो, पुस ३ जापानको ओसाका प्रान्तमा अवस्थित मानसिक स्वास्थ्य क्लिनिकमा भएको आगलागी परी २४ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले शनिबार जानकारी दिएको छ।शुक्रबार...
जापानको ओसाकास्थित मानसिक स्वास्थ्य क्लिनिकमा आगलागी हुँदा २४ को मृत्यु

टोकियो, पुस ३ : जापानको ओसाका प्रान्तमा अवस्थित मानसिक स्वास्थ्य क्लिनिकमा भएको आगलागी परी २४ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले शनिबार जानकारी दिएको छ।

शुक्रबार बिहान आधा घन्सम्म आगलागी भएको यस भवनमा सामान्य स्वास्थ्य सेवा समेत उपलब्ध गराउने क्लिनिक रहेको जनाइएको छ।  

जेआर ओसाका स्टेशननजिकै रहेको भवनको चौथो तल्लामा लागेको आगो स्थानीय समानुसार शुक्रबार बिहान १०ः४५ बजे निभाइएको सिन्ह्वा समाचार एजेन्सीले स्थानीय दमकल विभागलाई उद्धृत गर्दै जनाएको छ।

यस आगलागीमा परी कूल २४ जनाको मृत्यु हुनुको साथै अन्य चार जना घाइते भएका छन्।  घाइतेको अवस्था गम्भीर छ वा छैन स्पष्ट नभएको एएफपीका अधिकारीहरुले जानकारी दिएका छन्।

करिब २० वर्ग मिटर क्षेत्रफलमा आगलागी भएको थियो। एनएचके प्रसारकले आगलागीका कारण अज्ञात रहेको बताएको छ।

प्रकाशित मिति: १६:३३ बजे, शनिबार, पुस ३, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्