Kathmandu Press

काठमाडौं उपत्यकामा थप ११० जनामा कोरोना संक्रमण

काठमाडौं, पुस ३ : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप ११० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।तीमध्ये काठमाडौंमा ७५, ललितपुरमा २६ र भक्तपुरमा...
काठमाडौं उपत्यकामा थप ११० जनामा कोरोना संक्रमण

काठमाडौं, पुस ३ : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप ११० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

तीमध्ये काठमाडौंमा ७५, ललितपुरमा २६ र भक्तपुरमा ९ संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यसैगरी काठमाडौं उपत्यकामा १ हजार ८०० सक्रिय संक्रमित रहेका छन्। तीमध्ये काठमाडौंमा ८०८, ललितपुरमा ४९७ र भक्तपुरमा ४९५जना रहेको मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घन्टामा नेपालमा थप १८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

प्रकाशित मिति: १६:१३ बजे, शनिबार, पुस ३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्