Kathmandu Press

१८९ कोरोना संक्रमित थपिँदा निकाे हुने २५० जना, २ काे मृत्यु

काठमाडौं, पुस ३ : पछिल्लो २४ घन्टामा मुलुकभर १८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार ७ हजार...
१८९ कोरोना संक्रमित थपिँदा निकाे हुने २५० जना, २ काे मृत्यु

काठमाडौं, पुस ३ : पछिल्लो २४ घन्टामा मुलुकभर १८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार ७ हजार ९९७ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १५८ र एन्टिजेन विधिबाट ३१ जनामा संक्रमण देखिएको हो। सोही अवधिमा २५० जना संक्रमणमुक्त भएका छन् । योसँगै निको हुनेको कुल संख्या ८ लाख ८ हजार ६०३ पुगेको छ।

सोही अवधिमा कोरोनाका कारण दुईजनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। कोरोना संक्रमणका कारण हालसम्म ११ हजार ५७२ जनाको मृत्यु भइसकेको छ। मन्त्रालयका अनुसार देशभर ५ हजार ४२८ सक्रिय संक्रमित छन्। 

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ लाख ११ हजार ९३८ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्। हालसम्म २ करोड १५ लाख ५७ हजार ०८३ मात्रा कोरोनाविरुद्धको खोप लगाइसकिएको छ।

तीमध्ये ९५ लाख ८२ हजार ४९६ जनाले पूर्ण मात्रा र १ करोड १९ लाख ७४ हजार ५८८ जनाले कम्तीमा एक मात्रा खोप लगाएको मन्त्रालयको भनाइ छ।

प्रकाशित मिति: १६:०७ बजे, शनिबार, पुस ३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्