Kathmandu Press

नसोधी सल्लाहकार सदस्य बनाएको भन्दै रावलकाे आपत्ति

काठमाडौं, मंसिर ३ : एमाले नेता भीम रावलले आफूलाई नसोधी केन्द्रीय सल्लाहकार परिषद् सदस्य बनाएको भन्दै आपत्ति जनाएका छन्।उनले आज (शनिबार) सामाजिक सञ्जालमार्फत त्यसप्रति...
नसोधी सल्लाहकार सदस्य बनाएको भन्दै रावलकाे आपत्ति

काठमाडौं, मंसिर ३ : एमाले नेता भीम रावलले आफूलाई नसोधी केन्द्रीय सल्लाहकार परिषद् सदस्य बनाएको भन्दै आपत्ति जनाएका छन्।

उनले आज (शनिबार) सामाजिक सञ्जालमार्फत त्यसप्रति आपत्ति जनाएका हुन्। ‘मलाई नेकपा (एमाले) को केन्द्रीय सल्लाहकार  परिषद्को सदस्य बनाइएको समाचार सुनियो। यो सत्य हो भने मलाई सोध्दै नसोधी कुनै पदको टीका लगाइदिनु आपत्तिजनक छ,’ उनले ट्विटरमा लेखेका छन्, ‘यस्तो टिके प्रणाली जनताको बहुदलीय जनवाद र लोकतान्त्रिक मान्यताको विपरीत हुन्छ।’

एमालेको दसौं महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिएर पराजित रावलले पार्टी केन्द्रीय कमिटीमा पनि नबस्ने घोषणा गरेका थिए। उनले पार्टीभित्रै बसेर अन्तरसंघर्ष गर्ने बताउँदै आएका छन्।

गत मंसिर २५ र २६ गते बसेको पार्टी केन्द्रीय कमिटीको दोस्रो बैठकको निर्णयबारेजानकारी दिने क्रममा शनिबार एमालेका महासचिव शंखर पोखरेलले नेता रावललाई सल्लाहकारमा राखिएको बताएका थिए।

अध्यक्षको उम्मेदवार भए पनि केन्द्रीय सदस्य पनि उम्मेदवार बन्न मिल्ने पार्टीको व्यवस्थामा रहे पनि रावलले त्यसमा बस्न रुचि देखाएनन्। 

प्रकाशित मिति: १५:४० बजे, शनिबार, पुस ३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्