भोलिदेखि कुनकुन जिल्लाका बालबालिकालाई लगाइँदैछ त मोडर्ना र फाइजर खोप?
काठमाडौं, पुस ३ : आइतबार (भोलि) बाट कोभिडविरुद्धको खोप लगाइँदैछ। १२ वर्षदेखि १७ वर्षसम्मका बालबालिकाका लागि मोडर्ना खोप लगाउन लागिएको हो। करिब ३४ लाख...
काठमाडौं, पुस ३ : आइतबार (भोलि) बाट कोभिडविरुद्धको खोप लगाइँदैछ। १२ वर्षदेखि १७ वर्षसम्मका बालबालिकाका लागि मोडर्ना खोप लगाउन लागिएको हो। करिब ३४ लाख २५ हजार बालबालिकालाई पुस १४ गतेसम्म यो लगाउने तयारी सरकारले गरेको छ।
प्रदेश १ का ११ जिल्लामा मोडर्ना खोप लगाइँदैछ। ती जिल्ला ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, ओखलढुंगा, खोटाङ, भोजपुर, धनकुटा, तेह्रथुम, पाँचथर, इलाम र उदयपुर हुन्। प्रदेश २ का पाँच जिल्ला सिरहा, महोत्तरी, सर्लाही, रौतहट र बारामा यो खोप लगाइँदैछ।
वाग्मतीका दोलखा, सिन्धुपाल्चोक, रसुवा, धादिङ, नुवाकोट, रामेछाप र मकवानपुरमा मोडर्ना खोप लगाइँदैछ। गण्डकीका गोरखा, मनाङ, मुस्ताङ, म्याग्दी, लमजुङ, तनहुँ, नवलपरासी पूर्व, स्याङ्जा र पर्वतमा पनि यो खोप दिँदैछ।
लुम्बिनीका रुकुम पूर्व, रोल्पा, प्यूठान, गुल्मी, अर्घाखाँची, पाल्पा, नवलपरासी पश्चिम, कपिलवस्तु र बर्दिया तथा कर्णालीका डोल्पा, मुगु, हुम्ला, जुम्ला, कालीकोट, दैलेख, जाजरकोट, रुकुम पश्चिम र सल्यानमा पनि मोडर्नाको खोख दिइँदैछ। सुदूरपश्चिमका बाजुरा, बझाङ, दार्चुला, बैतडी, डोटी, अछाम र कञ्चनपुरमा पनि यो खोप लगाइँदैछ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पुस १३ देखि २२ सम्म आठ जिल्लाका बालबालिकालाई फाइजर खोप दिने तयारी पनि सरकारले गरेको छ। ती आठ जिल्ला काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, चितवन, सिन्धुली, डडेलधुरा र सुर्खेत हुन्।











