Kathmandu Press

पाकिस्तानमा वैवाहिक समारोहमा जान लागेको बस दुर्घटना, ९ को मृत्यु, कैयौं घाइते

इस्लामावाद, पुस ३ : वैवाहिक समारोहमा जान लागेको बस पन्जाव प्रान्तमा दुर्घटनाग्रस्त हुँदा बसमा सवार कम्तीमा पनि ९ जनाको ज्यान गएको छ।सो दुर्घटनामा परेर...
पाकिस्तानमा वैवाहिक समारोहमा जान लागेको बस दुर्घटना, ९ को मृत्यु, कैयौं घाइते

इस्लामावाद, पुस ३ : वैवाहिक समारोहमा जान लागेको बस पन्जाव प्रान्तमा दुर्घटनाग्रस्त हुँदा बसमा सवार कम्तीमा पनि ९ जनाको ज्यान गएको छ।

सो दुर्घटनामा परेर अरु कैयौं घाइते भएका छन्। घाइतेहरुलाई अस्पताल पुर्‍याइएको छ। शुक्रबार राति पन्जाव प्रान्तको एक ग्रामीण सडकमा सो दुर्घटना भएको थियो।

विवाहको भोजमा सहभागी हुन जान लागेको बस सडकबाट तल खसेको थियो। यसमा परेर घाइते भएकाहरुको अवस्था निकै नै गम्भीर रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार ती घाइतेहरुको अवस्था गम्भीर रहेकाले मृत्यु हुनेको संख्या थप बढ्न सक्ने पनि प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १४:१३ बजे, शनिबार, पुस ३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्