Kathmandu Press

मलेसियामा सडक दुर्घटना हुँदा १० जनाको मृत्यु

क्वालालम्पुर, पुस ३ : मलेसियाको सेलान्गोर राज्यको एक राजमार्गमा शुक्रबार अबेर राति भएको दुर्घटनामा परी आठ बालबालिकासहित १० जनाको मृत्यु भएको अधिकारीहरूले पुष्टि गरेका...
मलेसियामा सडक दुर्घटना हुँदा १० जनाको मृत्यु

क्वालालम्पुर, पुस ३ : मलेसियाको सेलान्गोर राज्यको एक राजमार्गमा शुक्रबार अबेर राति भएको दुर्घटनामा परी आठ बालबालिकासहित १० जनाको मृत्यु भएको अधिकारीहरूले पुष्टि गरेका छन्।

दुर्घटनामा तीनवटा कार र एउटा ट्रक ठोक्किएका थिए। राति ११ः४२ मा एक संकट कल प्राप्त भएको सेलान्गोर फायर एन्ड रेस्क्यु डिपार्टमेन्टका निर्देशक नोराजाम खामिसले एक विज्ञप्तिमार्फत जानकारी दिएका थिए। 

यस दुर्घटनामा परी १७ जनाको ज्यान गएको जनाइए तापनि १० जनाको मृत्यु भएको पुष्टि भएको बताइएको छ। मृत्यु हुनेमा एक पुरुष र एक महिला रहेका छन् भने अन्य आठ जना बालबालिका छन्। बालबालिकामा पाँच केटा र तीन बालिका रहेका खामिसले बताए।

प्रकाशित मिति: १४:०८ बजे, शनिबार, पुस ३, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्