Kathmandu Press

चीनका सबैभन्दा ज्येष्ठ नागरिकको १३५ वर्षमा निधन

उरुम्क्वी, पुस ३ : चीनका सबैभन्दा जेष्ठ नागरिकको १३५ वर्षको उमेरमा निधन भएको छ।स्थानीय अधिकारीहरुले शनिबार दिएको जानकारीअनुसार सिन्जियान क्षेत्रमा बसोबास गर्दै आएकी अलिमिहान...
चीनका सबैभन्दा ज्येष्ठ नागरिकको १३५ वर्षमा निधन
Hardik ivf

उरुम्क्वी, पुस ३ : चीनकी सबैभन्दा जेष्ठ नागरिकको १३५ वर्षको उमेरमा निधन भएको छ।

स्थानीय अधिकारीहरुले शनिबार दिएको जानकारीअनुसार सिन्जियान क्षेत्रमा बसोबास गर्दै आएकी अलिमिहान सेयितीको बिहीबार निधन भएको हो। उनको जन्म सन् १८८६ को जुन २५ मा भएको थियो। उनी सन् २०१३ देखि देशको सबैभन्दा जेष्ठ नागरिक घोषित भएकी थिइन्। 

निधन हुनु अगाडिसम्म पनि उनको दैनिक जीवन अति सामान्य नै रहेको अधिकारीहरुले जानकारी दिएका छन्। ‘उहाँ सधैं हाँसीखुसी देखिने र आफ्ना नातिनातिनासँग रमाउने गर्नुहुन्थ्यो,’ उनका एक आफन्तले भने। उनलाई स्थानीय सरकारले नियमित स्वास्थ्य परीक्षणलगायतका स्वास्थ्य सेवा पर्याप्त रुपमा उपलब्ध गराएको थियो।

प्रकाशित मिति: १४:०३ बजे, शनिबार, पुस ३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्