Kathmandu Press

सभापितमा दाेस्राे बढी मत पाउने शेखर कोइराला स्वतः केन्द्रीय सदस्य

काठमाडौं, पुस ३ : कांग्रेस सभापति उम्मेदवार शेखर कोइराला स्वतः केन्द्रीय सदस्य बन्ने भएका छन्।कांग्रेसको संशोधित विधानको धारा ६५ ले गरेको एउटा व्यवस्थाका कारण...
सभापितमा दाेस्राे बढी मत पाउने शेखर कोइराला स्वतः केन्द्रीय सदस्य

काठमाडौं, पुस ३ : कांग्रेस सभापति उम्मेदवार शेखर कोइराला स्वतः केन्द्रीय सदस्य बन्ने भएका छन्।

कांग्रेसको संशोधित विधानको धारा ६५ ले गरेको एउटा व्यवस्थाका कारण उनी स्वतः केन्द्रीय बन्ने भएका हुन्।

सो धारामा भनिएको छ, ‘पार्टीका सबै तहको कार्यसमितिको सभापति पदको निर्वाचनमा निर्वाचित सभापतिपछि दोस्रो बढी मत प्राप्त गर्ने व्यक्ति सम्बन्धित कार्यसमितिको सदस्य हुनेछ।’

कांग्रेस सभापतिमा प्रधानमन्त्रीसमेत रहेका शेरबहादुर देउवा निर्वाचित हुँदा कोइरालाले दोस्रो बढी मत प्राप्त गरेका थिए।

प्रकाशित मिति: १३:३२ बजे, शनिबार, पुस ३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्