Kathmandu Press

खुला केन्द्रीय सदस्यमा डा. शशांक अग्रस्थानमा, दोस्रोमा उदयशम्शेर, तेस्रोमा रामहरि

काठमाडाैं, पुस ३ : नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्वका लागि भएको निर्वाचनपछि पदाधिकारीको मतगणना सकिएर अहिले केन्द्रीय सदस्यको मत गन्ने कार्य पार्टी...
खुला केन्द्रीय सदस्यमा डा. शशांक अग्रस्थानमा, दोस्रोमा उदयशम्शेर, तेस्रोमा रामहरि

काठमाडाैं, पुस ३ : नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्वका लागि भएको निर्वाचनपछि पदाधिकारीको मतगणना सकिएर अहिले केन्द्रीय सदस्यको मत गन्ने कार्य पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी छ।

खुलातर्फका ९९ केन्द्रीय सदस्यमा डा. शशांक कोइरालाले अग्रता लिएका छन्। कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार १०० मत गनिसक्दा डा. कोइरालाले ५३ मत पाएका छन्। दोस्रोमा रहेका उदयशम्शेर राणा र तेस्रोमा रहेका रामहरि खतिवडाले क्रमशः ४४ र ४३ मत प्राप्त गरेका छन्। चौथोमा रहेका  र रमेश लेखकले ४२ मत पाएका छन्।

कांग्रेस विधानमा खुलातर्फको ३५ केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था छ। मतगणना १० ठाउँमा भइरहेको निर्वाचन समितिले जनाएको छ।

प्रकाशित मिति: १३:२१ बजे, शनिबार, पुस ३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्