Kathmandu Press

महिला र बालबालिकाको अवस्था सुधार्न लेबनानलाई राष्ट्रसंघको सहयोग

संयुक्त राष्ट्रसंघ, पुस ३ : संयुक्त राष्ट्रसंघले लेबनानका महिला र बालबालिकाको अवस्थाको सुधारमा सहयोग गर्ने बताएको छ। यहाँका महिला र बालबालिकाको अवस्था कमजोर रहेको...
महिला र बालबालिकाको अवस्था सुधार्न लेबनानलाई राष्ट्रसंघको सहयोग

संयुक्त राष्ट्रसंघ, पुस ३ : संयुक्त राष्ट्रसंघले लेबनानका महिला र बालबालिकाको अवस्थाको सुधारमा सहयोग गर्ने बताएको छ। यहाँका महिला र बालबालिकाको अवस्था कमजोर रहेको भन्दै सो सहयोग गर्ने भएको हो।

लेबनानका राष्ट्रपतिको कार्यालयले संयुक्त राष्ट्रसंघले सो सहयोग गर्न लागेको कुरा शुक्रबार एक विज्ञप्ति प्रकाशन गरेर जानकारी दिएको हो।बालबालिकाविरुद्धको हिंसाको अन्त्य गर्ने सम्बन्धी संयुक्त राष्ट्रसंघीय विशेष प्रतिनिधि नाजात माला मिजिदले संयुक्त राष्ट्रसंघले लेबनानका महिला र बालबालिकाका लागि सहयोग गर्न लागेको कुराको जानकारी दिएका हुन्।

लेबनानका महिला र बालबालिकाको अवस्थाको विकास गरी उनीहरुको जीवनस्तरमा सुधार ल्याउन संयुक्त राष्ट्रसंघले यो सहयोग गर्न लागेको उनको  भनाइ छ।

उनका अनुसार लेबनानमा पनि कोभिड–१९ को महामारीका कारण महिला र बालबालिकामा असर गरेकाले त्यसका लागि सहयोग गरिने भएको हो।

प्रकाशित मिति: १३:११ बजे, शनिबार, पुस ३, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्