Kathmandu Press

काठमाडौंको तापक्रम यस वर्षकै कम मापन, अझै घट्न सक्ने सम्भावना

काठमाडौं, पुस ३ : काठमाडौं उपत्यकाको तापक्रम २.६ डिग्रीमा झरेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार आज काठमाडौँको तापक्रम यस वर्षकै कम मापन...
काठमाडौंको तापक्रम यस वर्षकै कम मापन, अझै घट्न सक्ने सम्भावना

काठमाडौं, पुस ३ : काठमाडौं उपत्यकाको तापक्रम २.६ डिग्रीमा झरेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार आज काठमाडौँको तापक्रम यस वर्षकै कम मापन गरिएको छ। 

यसअघि शुक्रबार काठमाडौं उपत्यकाको तापक्रम तीन दशमलव चार डिग्री थियो। तापक्रम घटेसँगै उपत्यकासहित देशभर बढी चिसो महसुस गरिएको छ। काठमाडौं उपत्यकाको तापक्रम दिनानुदिन घट्ने क्रममा रहेको विभागका मौसमविद् प्रतिभा मान्नधरले बताए। 

अबको केही दिन तापक्रम घटबढ भइरहने बताइएको छ। मौसमविद्का अनुसार राति बदली भए दिउँसो तापक्रम बढ्ने र आकाश खुला भए तापक्रम घट्ने हुन्छ। पश्चिम तराईका जिल्लामा पनि चिसो ह्वात्तै बढेको छ।

चिसो बढेसँगै तराईका अधिकांश जिल्लामा हुस्सु र कुहिरोले जनजीवन कष्टकर बन्दै गएको छ। चिसोबाट विशेषगरी वृद्धवृद्धा र बालबालिका बढी प्रभावित हुने भएकाले चिकित्सकले सावधानी अपनाउन सुझाव दिएका छन्।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम यस वर्षकै सबैभन्दा कम दुई दशमलव ६ डिग्री र अधिकतम तापक्रम १९ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ। 

त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस पाँच दशमलव तीन डिग्री  र सबैभन्दा धेरै भैरहवाको अधिकतम तापक्रम २८.१ डिग्री सेल्सियस रहेको छ। 

प्रकाशित मिति: १२:५९ बजे, शनिबार, पुस ३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्