Kathmandu Press

कांग्रेस खुला केन्द्रीय सदस्यको मतगणना सुरु

काठमाडाैं, पुस ३ : नेपाली कांग्रेसको १४औं महाधिवेशनमा खुला तर्फको केन्द्रीय सदस्यको मतगणना सुरु भएको छ। शनिबार बिहान १० बजेबाट मतगणना सुरु हुने...
कांग्रेस खुला केन्द्रीय सदस्यको मतगणना सुरु

काठमाडाैं, पुस ३ : नेपाली कांग्रेसको १४औं महाधिवेशनमा खुला तर्फको केन्द्रीय सदस्यको मतगणना सुरु भएको छ। शनिबार बिहान १० बजेबाट मतगणना सुरु हुने भनिए पनि करिब डेढ घण्टा ढिलोगरी मतगणना सुरु भएको हो।

३५ पदको खुला केन्द्रीय सदस्य लागि ९९ जनाले उम्मेदवारी दिएका छन्। कांग्रेसका सबै पदाधिकारीको मतगणना शुक्रबार सम्पन्न भएको छ।

महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा हालसम्म सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्रीको मतपरिणाम सार्वजनिक भइसकेको छ।

प्रकाशित मिति: ११:५६ बजे, शनिबार, पुस ३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्