भीम रावललाई केन्द्रीय सल्लाहकार परिषद् सदस्यको जिम्मेवारी
काठमाडौं, पुस ३ : नेकपा एमालेले निवर्तमान उपाध्यक्ष भीमबहादुर रावललाई केन्द्रीय सल्लाहकार परिषद् सदस्यको जिम्मेवारी दिएको छ। १०औं महाधिवेशनमा अध्यक्षमा पराजित भएपछि जिम्मेवारीबिहीन...
काठमाडौं, पुस ३ : नेकपा एमालेले निवर्तमान उपाध्यक्ष भीमबहादुर रावललाई केन्द्रीय सल्लाहकार परिषद् सदस्यको जिम्मेवारी दिएको छ। १०औं महाधिवेशनमा अध्यक्षमा पराजित भएपछि जिम्मेवारीबिहीन रहेका रावललाई केन्द्रीय सल्लाहकार परिषद् सदस्यको जिम्मेवारी दिएको हो।
अध्यक्षको उम्मेदवार भए पनि केन्द्रीय सदस्य पनि उम्मेदवार बन्न मिल्ने पार्टीको व्यवस्थामा रावलले रुचि नदेखाएपछि उनलाई सल्लाहकारमा राखिएको एमालेका महासचिव शंखर पोखरेलले बताए। पोखरेले थप जिम्मेवारीका लागि अध्यक्ष ओली र डा रावलको परामर्शबमोजिम हुने स्पष्ट पारे।
पार्टीको गत मङ्सिर २५ र २६ गतेको केन्द्रीय कमिटीको दोस्रो बैठकले सल्लाहकार परिषद्को सल्लाहकारमा अमृतकुमार बोहरालाई चयन गरेको थियो । राष्ट्रिय महाधिवेशनपछिका केन्द्रीय कमिटीको बैठकका निर्णयमा रावलको जिम्मेवारी पनि परेको जनाइएको छ ।
प्रकाशित मिति: ११:२४ बजे, शनिबार, पुस ३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











