पिछडिएको क्षेत्रबाट सिंह केन्द्रीय सदस्यमा निर्वाचित
काठमाडौं, पुस ३ : नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत पिछडिएको क्षेत्रबाट अर्जुनजंगबहादुर सिंह केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।पूर्वमन्त्री एवं पूर्वराजदूत सिंह दीपकजंग शाहीलाई...
काठमाडौं, पुस ३ : नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत पिछडिएको क्षेत्रबाट अर्जुनजंगबहादुर सिंह केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।
पूर्वमन्त्री एवं पूर्वराजदूत सिंह दीपकजंग शाहीलाई पराजित गर्दै केन्द्रीय सदस्य निर्वाचित भएका हुन्। उनले दुई हजार ६७७ मत प्राप्त गरेका छन।
त्यस्तै, प्रतिस्पर्धी शाहीले दुई हजार ५६ मतमात्रै पाएको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ।
निर्वाचन समितिका अनुसार चार हजार ६७२ मत खसेका थिए। जसमा ३९ मत भने बदर भएको छ।
प्रकाशित मिति: ०७:४५ बजे, शनिबार, पुस ३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











