पर्यटन बोर्डका सीईओ रेग्मी निलम्बित
काठमाडौं, पुस ३ : नेपाल पर्यटन बोर्डको सञ्चालक समितिको बैठकले बोर्डका प्रमुख कार्यकारी अधिकत (सीईओ) धनन्जय रेग्मीलाई निलम्बन गरेको छ।बोर्डका अध्यक्षसमेत रहेका संस्कृति,...
काठमाडौं, पुस ३ : नेपाल पर्यटन बोर्डको सञ्चालक समितिको बैठकले बोर्डका प्रमुख कार्यकारी अधिकत (सीईओ) धनन्जय रेग्मीलाई निलम्बन गरेको छ।
बोर्डका अध्यक्षसमेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको बोर्ड बैठकले सीईओ रेग्मीलाई निलम्बन गरेको पर्यटनमन्त्री प्रेम आलेका स्वकीय सचिव हेमन्त रेग्मीले जानकारी दिए।
पदीय हैसियतको दुरुपयोग, नैतिक आँचरण विपरित काम गरेको र आर्थिक अनियमिततामा मुछिएको आरोपमा रेग्मीलाई निलम्बन गरिएको जनाइएको छ।
सीईओ रेग्मीले एक महिनाअघि बेलायतबाट नेपाल फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रक्सीको निहुमा भन्सारका कर्मचारीसँग झगडा गरेको विषय सञ्चारमाध्यममा छाएपछि पर्यटन मन्त्रालयले उनलाई स्पष्टिकरण सोधेको थियो।
प्रकाशित मिति: ०६:२२ बजे, शनिबार, पुस ३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











