कांग्रेसमा रुपान्तरण अभियान सञ्चालन गर्नुपर्छ : नवनिर्वाचित उपसभापति गुरुङ
काठमाडौँ, पुस २ : नेपाली कांग्रेसका नवनिर्वाचित उपसभापति धनराज गुरुङले पार्टीभित्र रुपान्तरणको अभियान सञ्चालन गर्नुपर्ने बताएका छन्।रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको...
काठमाडौँ, पुस २ : नेपाली कांग्रेसका नवनिर्वाचित उपसभापति धनराज गुरुङले पार्टीभित्र रुपान्तरणको अभियान सञ्चालन गर्नुपर्ने बताएका छन्।
रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनले आफूले रुपान्तरण र परिवर्तनको पक्षमा मत मागेर विजयी भएको बताउँदै अब पार्टीभित्र रुपान्तरण अभियान सञ्चालन गर्नुपर्ने बताएका हुन्।
उपसभापति गुरुङले पार्टीभित्र विगतमा भएका कमी कमजोरीलाई सच्याउँदै अगाडि बढ्ने बताएका छन्। विधि र विधानअनुसार पार्टी चलाउने पक्षमा आफू रहेको उनको भनाइ थियो।
उनले महाधिवेशनको सन्दर्भमा चुनावी प्यानल बनेपनि विजयी भएपछि पार्टी बलियो बनाउने कुरामा सबै लाग्ने बताए। उनले सरकार पनि नयाँ ढङ्गले चल्न आवश्यक रहेको उल्लेख गरे।
उपसभापति गुरुङले आगामी निर्वाचनमा कांग्रेस एक्लै चुनाव लड्ने बताए। 'हामी विधि, विधान, सिद्धान्त र आदर्शबमोजिम नेपाली कांग्रेसको सङ्गठन हाँक्न चाहन्छौँ,' उनले भने। कांग्रेस व्यक्तिको अनुहार लिएर जाने भन्दापनि विचार र सिद्धान्त लिएर जनतामाझ जाने उनको भनाइ थियो।











