Kathmandu Press

भारतमा थप सात हजार ४४७ जना कोरोना सङ्क्रमित

भारतमा थप सात हजार ४४७ जना कोरोना सङ्क्रमित

नयाँ दिल्ली, पुस २ : भारतमा कोरोना भाइरसबाट थप सात हजार ४४७ सङ्क्रमित भएका छन्। सोही अवधिमा थप ३९१ जनाको कोरोनाका कारण मृत्यु भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले शुक्रबार जानकारी दिएको छ। यसैसँगै भारतमा कोरोनाको कारण ज्यान गुमाउने व्यक्तिको संख्या चार लाख ७६ हजार ८६९ पुगेको मन्त्रालयले थप जानकारी दिएको छ।

भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या ८६ हजार ४१५ रहेको छ। अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या कूल सङ्क्रमितको सङ्ख्याको ०.२५ प्रतिशत मात्रै रहेको मन्त्रालयले जनाएको छ। यो सङ्ख्या सन् २०२० को मार्च पछिकै सबैभन्दा कम रहेको अधिकारीले जनाएका छन्।

Hardik ivf

गएको २४ घण्टामा भारतमा सात हजार ८८६  कोरोनाबाट मुक्त भएका छन्। यसैसँगै कोरोना शुरु भएयता हालसम्म तीन करोड ४१ लाख ६२ हजार ७६५ जनालाई कोरोना सङ्क्रमण निको भएका छन्। भारतमा कोरोना भाइरस निको हुने दर ९८.३८ प्रतिशत रहेको जनाइएको छ। यो सङ्ख्या सन् २०२० को मार्चपछि सबभन्दा बढी भएको समाचारमा जनाइएको छ।

भारतमा कोरोना शुरु भएदेखि हालसम्म ६६ करोड २ लाख भन्दा बढी व्यक्तिको कोरोना परीक्षण भएको छ। यहाँ गत जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो। सो समयदेखि हालसम्म एक अर्व ३५ करोड  ९९ लाख ९६ हजार २६७ डोज खोप लगाइएको जनाइएको छ।

प्रकाशित मिति: १८:५७ बजे, शुक्रबार, पुस २, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्