प्रदेश १ मा १६ जनामा कोरोना सङ्क्रमण पुष्टि
विराटनगर, पुस २ : प्रदेश–नं १मा पछिल्लो २४ घण्टामा १६ जनामा कोरोना सङक्रमण देखिएको छ। सामाजिक विकास मन्त्रालयका अनुसार २५५ को पीसीआर परीक्षण...विराटनगर, पुस २ : प्रदेश–नं १मा पछिल्लो २४ घण्टामा १६ जनामा कोरोना सङक्रमण देखिएको छ। सामाजिक विकास मन्त्रालयका अनुसार २५५ को पीसीआर परीक्षण गर्दा १५ र १८९ को एन्टिजेन परीक्षण गर्दा एक जनामा सङ्क्रमण देखिएको हो।
मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा आठ, सुनसरीमा चार, झापामा दुई र धनकुटामा एक जनामा सङ्क्रमण देखिएको हो।
मोरङको विराटनगरमा चार, कटहरीमा दुई, सुन्दरहरैचा, धनपालथानमा एक/एक, सुनसरीको इटहरीमा चार, झापाको शिवसताक्षी, कमल गाउँपालिकामा एक/एक र धनकुटाको पाख्रिबासमा एक जनामा सङ्क्रमण देखिएको हो। सोही अवधिमा आठ महिलासहित १७ सङ्क्रणमुक्त भएका छन् भने एक पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ।
प्रकाशित मिति: १८:५१ बजे, शुक्रबार, पुस २, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पोखरामा सामुदायिक विद्यालय पढाउने अभिभावकको निःशुल्क स्वास्थ्य बिमाशुक्रबार, मंसिर ७, २०८१
झापाबाट एघार करोडको चिया निर्यातशुक्रबार, मंसिर ७, २०८१
जटिल रोग लागेका बिरामीलाई लुम्बिनी प्रदेशको दुई लाख सहयोगशुक्रबार, मंसिर ७, २०८१
अर्जुनचौपारी गाउँपालिकाद्धारा स्याङ्जाका तीन यु–१९ महिला क्रिकेटरलाई सम्मान बिहीबार, मंसिर ६, २०८१