सुदूरपश्चिम प्रदेशमा थप छ जनामा काेराेना सङ्क्रमण
बैतडी, पुस २ : सुदूरपश्चिम प्रदेशमा शुक्रबार थप छ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ। गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टीजेन...बैतडी, पुस २ : सुदूरपश्चिम प्रदेशमा शुक्रबार थप छ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ। गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टीजेन विधिबाट ८८३ जनाको नमूना परीक्षण गर्दा छ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ।
पीसीआर विधिमार्फत सेती प्रादेशिक अस्पतालमा चार, महाकाली र बैतडी जिल्ला अस्पतालमा एक/एक जनामा सङ्क्रमण पुष्टि भएको हो। यस्तै गएको २४ घण्टामा प्रदेशभर चार जनाले कोरोना जितेका छन्। उक्त अवधिमा यस प्रदेशमा सङ्क्रमणका कारण एक जनाको पनि मृत्यु भएको छैन।
यसअघि बिहीबार यस प्रदेशमा आठमा सङ्क्रमण पुष्टि हुँदा पाँच निको भएका थिए। सुदूरपश्चिममा सङ्क्रमणका कारण हालसम्म ६१२ जनाको ज्यान गइसकेको छ।
प्रकाशित मिति: १८:४९ बजे, शुक्रबार, पुस २, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पोखरामा सामुदायिक विद्यालय पढाउने अभिभावकको निःशुल्क स्वास्थ्य बिमाशुक्रबार, मंसिर ७, २०८१
झापाबाट एघार करोडको चिया निर्यातशुक्रबार, मंसिर ७, २०८१
जटिल रोग लागेका बिरामीलाई लुम्बिनी प्रदेशको दुई लाख सहयोगशुक्रबार, मंसिर ७, २०८१
अर्जुनचौपारी गाउँपालिकाद्धारा स्याङ्जाका तीन यु–१९ महिला क्रिकेटरलाई सम्मान बिहीबार, मंसिर ६, २०८१