Kathmandu Press

रामकृष्णलाई २०६ मतले उछिनेर महेन्द्र बने मधेसीतर्फका सहमहामन्त्री

उनी सभापित शेरबहादुर देउवा टिमबाट सहमहामन्त्रीमा उठेका हुन्।  
रामकृष्णलाई २०६ मतले उछिनेर महेन्द्र बने मधेसीतर्फका सहमहामन्त्री

काठमाडौं, पुस २ : कांग्रेस सहमहामन्त्रीमा मधेसीतर्फ महेन्द्र यादव विजयी भएका छन्। उनी सभापित शेरबहादुर देउवा टिमबाट सहमहामन्त्रीमा उठेका हुन्।  

आज (शुक्रबार) भएको मतगणनामा २०२६ मत ल्याएर उनी विजयी भएका हुन्। उनका प्रतिस्पर्धी रामकृष्ण यादवलाई उनले २०६ मतले उछिने। 

जम्मा ४६८२ मत खसेकोमा रामकृष्णले १८२० मत र रञ्जित कर्ण भने ४७२ मत ल्याए। रामकृष्ण नेता शेखर कोइराला टिमका हुन्।
 

प्रकाशित मिति: १८:११ बजे, शुक्रबार, पुस २, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्