Kathmandu Press

कांग्रेसको प्रदेश २ अधिवेशन पुस ६ र ७ गते हुने

काठमाडौं, पुस २ : नेपाली कांग्रेसको प्रदेश २ अधिवेशन यही पुस ६ र ७ गते हुने भएको छ। कांग्रेस केन्द्रीय निर्वाचन समितिको आज (शुक्रबार)...
कांग्रेसको प्रदेश २ अधिवेशन पुस ६ र ७ गते हुने

काठमाडौं, पुस २ : नेपाली कांग्रेसको प्रदेश २ अधिवेशन यही पुस ६ र ७ गते हुने भएको छ। 

कांग्रेस केन्द्रीय निर्वाचन समितिको आज (शुक्रबार) बसेको बैठकले प्रदेश २ को अधिवेशन पुस ६ र ७ गते जनकपुरमा गर्ने निर्णय गरेको हो। अन्य ६ प्रदेशमा भइसक्दा पनि क्रियाशील सदस्यता विवादका कारण प्रदेश २ को अधिवेशन हुन सकेको छैन।

पार्टीको राष्ट्रिय महाधिवेशनअगावै अधिवेशन गर्ने प्रयास गरे पनि अन्ततः सार्नुपरेको थियो। कांग्रेसले १६ जिल्लाको नेतृत्व चयनका लागि पनि अधिवेशन पछि सारेकाे छ। 

प्रकाशित मिति: १८:०१ बजे, शुक्रबार, पुस २, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्