कांग्रेस महाधिवेशन : केन्द्रीय सदस्यतर्फको मतगणना आजै सुरु गरिने

काठमाडौं, पुस २ : नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणना पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी छ।
आज (शुक्रबार) पदाधिकारीको मतगणना सकिँदैछ। आजै केन्द्रीय सदस्य तर्फको मतगणना पनि सुरु हुने भएको छ। सहमहामन्त्रीको मतगणना सकिएको केहीबेरमै केन्द्रीय सदस्यको मतगणना सुरू हुने केन्द्रीय निर्वाचन समितिले जनाएको छ।
सुरूमा मधेसी महिला केन्द्रीय सदस्य र त्यसपछि खुला केन्द्रीय सदस्यको मतगणना हुने समितिको भनाइ छ।
प्रकाशित मिति: १७:५० बजे, शुक्रबार, पुस २, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











