तेजुलाललाई पराजित गर्दै थारुतर्फको सहमहामन्त्रीमा उमाकान्त चौधरी निर्वाचित
पछिल्लो मत परिणाम अनुसार ४३६८ मत गन्दा उमाकान्त चौधरीले २५४५ र तेजुलाल चौधरीले १७७२ मत पाएका छन् ।
काठमाडौं, पुस २ : नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सहमहामन्त्री पदमा उमाकान्त चौधरी निर्वाचित भएका छन्। थारु क्लस्टर अन्तर्गतको सहमहामन्त्री पदमा तेजुलाल चौधरीलाई पराजित गर्दै उमाकान्त चौधरी निर्वाचित भएका हुन्।
पछिल्लो मत परिणाम अनुसार ४३६८ मत गन्दा उमाकान्त चौधरीले २५४५ र तेजुलाल चौधरीले १७७२ मत पाएका छन् ।
उमाकान्त चौधरी देउवा पक्षका हुन् भने तेजुलाल चौधरी डा शेखर कोइराला पक्षका हुन् ।
यसअघि सहमहामन्त्री पदमै पिछडिएको क्षेत्र, खसआर्य र मुस्लिम क्लस्टरबाट क्रमशः बद्री पाण्डे, किशोर सिंह राठौर र फरमुल्लाह मन्सुर निर्वाचित भएका छन्।
निर्वाचित तीन जनामध्य बद्री पाण्डे संस्थापन इतरका हुन् भने बाँकी दुई सहमहामन्त्री देउवा पक्षका हुन्।
प्रकाशित मिति: १७:०७ बजे, शुक्रबार, पुस २, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











