Kathmandu Press

पिछडिएको क्षेत्रबाट सहमहामन्त्रीमा बद्री पाण्डे विजयी, मुख्यमन्त्री शाही पराजित 

अन्तिम परिणाम अनुसार २४ सय ११ मत प्राप्त गर्दै पाण्डे सहमहामन्त्री चुनिएका हुन्। उनका निकटतम् प्रतिद्वन्द्वी जीवनबहादुर शाहीलाई २७८ मतले पराजित गरेका हुन्। 
पिछडिएको क्षेत्रबाट सहमहामन्त्रीमा बद्री पाण्डे विजयी, मुख्यमन्त्री शाही पराजित 

काठमाडौं, पुस २ :  नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत पिछडिएको क्षेत्र क्लस्टरबाट सहमहामन्त्रीमा बद्री पाण्डे निर्वाचित भएका छन्। कर्णाली प्रदेशका मुख्यमन्त्री समेत रहेका जीवनबहादुर शाहीलाई पराजित गर्दै पाण्डे सहमहामन्त्रीमा विजयी भएका हुन्। 

पार्टी कार्यालय सानेपामा भर्खर्रै सकिएको मतगणनाको अन्तिम परिणाम अनुसार २४ सय ११ मत प्राप्त गर्दै पाण्डे सहमहामन्त्री चुनिएका हुन्। उनका निकटतम् प्रतिद्वन्द्वी जीवनबहादुर शाहीलाई २७८ मतले पराजित गरेका हुन्। 

शाहीको २१ सय ३३ मत पाए । त्यस्तै अर्का उम्मेदवार चेतराज बरालले ९९ मत ल्याए । 

विजयी भएका पाण्डे शेखर कोइराला प्यानलका उम्मेदवार हुन् भने शाही संस्थापन पक्षका उम्मेदवार हुन्। 

यसअघि मुस्लिम र खसआर्य तर्फबाट क्रमशः फरमुल्लाह मन्सुर र किशोर सिंह राठौर निर्वाचित भएका थिए । मन्सुर र राठौर दुबै संस्थापन पक्षका उम्मेदवार हुन्। 

प्रकाशित मिति: १६:५५ बजे, शुक्रबार, पुस २, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्