इराकको कुर्दिस्तान बाढीमा परी आठ जनाको मृत्यु

अर्बिल, पुस २ : उत्तरी इराकको स्वायत्त कुर्दिस्तान क्षेत्रको राजधानी एरबिलमा मुसलधारे वर्षाका कारण आएको बाढीमा शुक्रबार आठजनाको मृत्यु भएको छ।
प्रान्तीय गभर्नर ओमिद खोश्नाउले त्यसबारे जानकारी दिएका हुन्। बिहान ४ बजे शुरु भएको बाढीले महिला र बालबालिकासहितआठजनाको मृत्यु भएकोू उनले एएफपीलाई बताएका छन्।
प्रकाशित मिति: १६:१७ बजे, शुक्रबार, पुस २, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











