Kathmandu Press

बाइडेनद्वारा २.५ ट्रिलियन अमेरिकी डलरले ऋण सीमा बढाउने विधेयकमा हस्ताक्षर

वासिङ्टन, पुस २ : अमेरिकी राष्ट्रपति जो बाइडेनले २०२३ सम्म डिफल्ट हुन नदिन अमेरिकी ऋण सीमा २.५ ट्रिलियन अमेरिकी डलरले बढाउने कानुनमा हस्ताक्षर...
बाइडेनद्वारा २.५ ट्रिलियन अमेरिकी डलरले ऋण सीमा बढाउने विधेयकमा हस्ताक्षर

वासिङ्टन, पुस २ : अमेरिकी राष्ट्रपति जो बाइडेनले २०२३ सम्म डिफल्ट हुन नदिन अमेरिकी ऋण सीमा २.५ ट्रिलियन अमेरिकी डलरले बढाउने कानुनमा हस्ताक्षर गरेको ह्वाइट हाउसले जनाएको छ।

ूबिहीबार, १६ डिसेम्बर, २०२१ मा राष्ट्रपतिले काुनमा हस्ताक्षर गर्नुभयो, जसले ऋण सीमा २.५ ट्रिलियनले बढाउने अधिकार प्रदान गर्दछ,’ ह्वाइट हाउसले प्रेस विज्ञप्ति मार्फत जनाएको छ।

यो उपायले २०२२ को मध्यावधि चुनाव नपुग्दासम्म सरकारलाई काम गर्न ऋणको सीमा बढाउँछ। नयाँ कानुनअन्तर्गत अमेरिकी संघीय ऋण ३१.४ ट्रिलियन अमेरिकी डलर पुग्नेछ।

प्रकाशित मिति: १६:१४ बजे, शुक्रबार, पुस २, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्