Kathmandu Press

अल सेबाबका ३४ आतंककारी सेनाको कारबाहीमा मारिए

अल सेबाबका ३४ आतंककारी सेनाको कारबाहीमा मारिए

मोगादिसु, पुस २ : सोमालियाको सेनाले यहाँका अल सेबाब नामक संगठनका आतंककारीहरुका विरुद्धमा जारी राखेको कारबाहीका क्रममा बिहीबार कम्तीमा पनि ३४ जना हतियारधारी आतंककारी मारिएको जनाएको छ।

प्राप्त समाचारअनुसार यहाँको सेनाले सोमालियाको दक्षिणी क्षेत्र जुबल्याण्डमा गरेको कारबाहीका क्रममा ती हतियारधारी मारिएका हुन्। सो कारबाहीका क्रममा अल सेबाबका आतंककारीहरु लुकेर बस्ने १२ ओटा आश्रयस्थलहरु पनि ध्वस्त गरेको छ।

यहाँको सेनाले अल सेबाबका विरुद्धमा देशव्यापी रुपमा कारबाही जारी राखेको छ। यस क्रममा यहाँका सुरक्षा अधिकारीहरुले ग्रामीण क्षेत्रमा ती आतंककारी लुकेर बस्ने आश्रयस्थलमा थप कारबाही गरेको बताइएको छ।

प्रकाशित मिति: १६:१० बजे, शुक्रबार, पुस २, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्