खसआर्यतर्फका सहमहामन्त्रीमा देउवा पक्षका राठौर विजयी
शुक्रबार सानेपास्थित पार्टी कार्यालयमा सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार राठौरले २५ सय ७६ मत प्राप्त गरे । उनका निकटदम प्रतिद्वन्द्वी देवराज चालिसेले २०५९ मतमात्रै प्राप्त गरे।
काठमाडौं, पुस २ : नेपाली कांग्रेसको सहमहामन्त्रीमा किशोर सिंह राठौर निर्वाचित भएका छन्। उनी खस–आर्य क्लस्टरबाट सहमहामन्त्रीमा विजयी भएका हुन्।
शुक्रबार सानेपास्थित पार्टी कार्यालयमा सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार राठौरले २५ सय ७६ मत प्राप्त गरे । उनका निकटदम प्रतिद्वन्द्वी देवराज चालिसेले २०५९ मतमात्रै प्राप्त गरे।
सहमहामन्त्री निर्वाचित राठौर देउवा पक्षका उम्मेदवार हुन् भने चालिसे शेखर कोइराला प्यानलका उम्मेदवार हुन्।
यसअघि आजै मुस्लिम क्लस्टरबाट फरमुल्लाह मन्सुर सहमहामन्त्री निर्वाचित भएका थिए।
प्रकाशित मिति: १६:०१ बजे, शुक्रबार, पुस २, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार