Kathmandu Press

मुलुकभर २७४ कोरोना संक्रमित थपिँदा निको हुने २७० जना, ३ को मृत्यु

काठमाडौं, पुस २ : पछिल्लो २४ घन्टामा मुलुकभर २७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार ९ हजार १६...
मुलुकभर २७४ कोरोना संक्रमित थपिँदा निको हुने २७० जना, ३ को मृत्यु

काठमाडौं, पुस २ : पछिल्लो २४ घन्टामा मुलुकभर २७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार ९ हजार १६ जनाको परीक्षण गर्दा त्यति संख्यामा संक्रमण देखिएको हो।

सोही अवधिमा २७० जना संक्रमणमुक्त भएका छन् भने ३ जनाको निधन भएको मन्त्रालयले जनाएको छ। 

योसँगै मुलकभर कोरोना संक्रमितको कुल संख्या ८ लाख २५ हजार ४४५ पुगेको छ भने एन्टिजेनतर्फ ९५ हजार ९०२ पुगेको छ। त्यस्तै निको हुनेको कुल संख्या ८ लाख ८ हजार ३५३ पुगेको छ।  कोरोना संक्रमणका कारण हालसम्म ११ हजार ५७० जनाको मृत्यु भएको छ।

मन्त्रालयका अनुसार देशभर ५ हजार ५२२ सक्रिय संक्रमित रहेका छन्। तीमध्ये ५ हजार २४७ जना होम आइसोलेसनमा रहेका छन् भने २७५ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

त्यस्तै १०४ जना आइसीयूमा उपचाररत छन् भने २५ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

 

प्रकाशित मिति: १५:५९ बजे, शुक्रबार, पुस २, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्