मन्त्रिपरिषद्को १९ निर्णयहरु यस्ता छन्
काठमाडौं, पुस २ : मन्त्रिपरिषद्को पुस १ गते बसेको बैठकले निम्नलिखित निर्णय गरेको छ:१. नेपाल राजस्व परामर्श समितिका सदस्य निर्मलहरी अधिकारीको राजीनामा स्वीकृत२. कोभिड–१९...
काठमाडौं, पुस २ : मन्त्रिपरिषद्को पुस १ गते बसेको बैठकले निम्नलिखित निर्णय गरेको छ:
१. नेपाल राजस्व परामर्श समितिका सदस्य निर्मलहरी अधिकारीको राजीनामा स्वीकृत
२. कोभिड–१९ को आकस्मिक प्रतिकार्य तथा जनस्वास्थ्य जोखिमको पूर्वतयारी परियोजनाका लागि विश्व बैंकबाट १८ मिलियन अमेरिकी डलर थप ऋण सहायता प्राप्त गर्न वार्ता टोली गठन गर्ने।
३. श्री विनोद कुमार भट्टराईलाई नेपाल न्यायसेवा, कानुन समूहको राजपत्रांकित प्रथम श्रेणी र श्री रामप्यारी सुनुवारलाई नेपाल न्याय सेवा , न्याय समूहको राजपत्रांकित प्रथम श्रेणीको पदमा नियुक्ती गर्ने।
४. सन्दीप चन्द्र बानियाँ, सुदीपचन्द्र बानियाँ, र आत्माराम कुर्मीको नेपाली नागरिकता रद्द गरि नेपाली नागरिकता हटाउने।
५. सत्य निरुपण तथा मेलमिलाप आयोगको सिफारिस बमोजिम पूर्ण प्रसाद पौडेलसमेतलाई २९ जना व्यक्तिहरुलाई रु २३ लाख २० हजार क्षतिपूर्ती उपलब्ध गराउने।
६. भारतीय सशस्त्र सिमा बलको १८ औं एनीभर्सरी डे समारोहमा सहभागी हुन सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाललाई स्वीकृत दिने।
७. एलाइन्स फ्रान्स्वा काठमाडौंसँग भएको सम्झौता परिमार्जित गरी संसोधित सम्झौतामा हस्ताक्षर गर्न परराष्ट मन्त्रालयलाई स्वीकृत दिने।
८. भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गत गरिवी निवारण कोष, अभिलेख व्यवस्थापन कार्यक्रम कार्यान्वयनका लागि ५ जना अधिकृतहरुको अस्थायी दरबन्दी स्वीकृत गर्ने।
९. धादिङ जिल्ला वेनिघाट रोराङ गाउँपालिकालाई प्रशासकीय भवन निर्माण गर्न १० रोपनी जग्गा प्रयोग गर्न स्वीकृत दिने।
१०. भोटेओडार आँखा उपचार केन्द्र, सुन्दरबजार लमजुङलाई भवन निर्माण कार्य गर्न एक रोपनी जग्गा लिजमा उपलब्ध गराउन स्वीकृत दिने।
राष्ट्रिय युवा परिषद्को उपाध्यक्ष नियुक्तिको लागि डा दामोदर रेग्मीको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गर्ने।
११. नेपाली सेना, सैनिक प्राविधिक सेवाका सहायक रथी श्री हेगेन्द्र लाल महर्जन र महासेनानी खुमबहादुर कुँवर क्षेत्रीको पदावधी थप गर्ने।
१२. रााष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार विकास निर्माण समितिको पहिलो संसोधन, गठन आदेश २०७८ स्वीकृत गर्ने।
१३. नेपाली सेनाका सहायक रथी डा. अरुण कुमार न्यौपाने तथा ४ सैनिक अधिकृतको बढुवा गर्ने तथा सहायक रथी सागरबहादुर केसीलाई अवकाशपूर्व उपरथी दर्जामा मानार्थ बढुवा र महासेनानी खगेश्वर अर्यालको अवकाशपूर्व विशेष बढुवा गर्ने।
१४. नेपाली सेनाका विभिन्न समूहका रथी, सहायक रथी र महासेनानीहरुको सरुवा गर्ने ।
१५. नेपाल विद्युत प्राधिकरण लाई सुर्खेत विजौरा ३३ के.भी प्रसारण लाइन आयोजनाको पोल तथा राइट अफ वे संरचना निर्माण गर्नका लागि विरेन्द्रनगर नगरपालिका र बहाराताल एवं पञ्चपुरी गाउँपालिकामा रहेका चेतना सामूदायीक वन मन्त्रालयको १०.५२ हेक्टर राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृत प्रदान गर्ने।
१६. जिल्ला सभा कालिकोटको नाममा रहेको २२९० बर्गमिटर जग्गा ठाँडाचक्र नगरपालिका कालीकोटको नाममा हक हस्तान्तरणका लागि स्वीकृत दिने।
१७. विभिन्न १३ वटा स्थानीय तहलाई विभिन्न परियोजनाका लागि जग्गा प्राप्त गर्न स्वीकृत दिने।
१८. लोकसेवा आयोगबाट सिफारिस भई आएका डा प्रज्वल श्रेष्ठसहित १० जना उम्मेदवारहरुलाई नेपाल स्वास्थ्य सेवाको ११ औं तहको पदमा नियुक्ती गर्ने।
१९. शिक्षक सेवा आयोग ११ औं संसोधन नियमावली २०७८ लाई स्वीकृत दिने।











