पिछडिएको क्षेत्रतर्फको सहमहामन्त्रीमा पाण्डे र शाहीबीच कडा प्रतिस्पर्धा (अपडेट)
काठमाडौं, पुस २ : नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्वका लागि भएको निर्वाचनपछि अहिले सहमहामन्त्रीको मतगणना जारी छ। पार्टी कार्यालय सानेपामा भइरहेको मतगणनामा अहिले पिछडिएको...
काठमाडौं, पुस २ : नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्वका लागि भएको निर्वाचनपछि अहिले सहमहामन्त्रीको मतगणना जारी छ।
पार्टी कार्यालय सानेपामा भइरहेको मतगणनामा अहिले पिछडिएको क्षेत्र क्लस्टरको मतगणना भइरहेको छ। जसमा बद्री पाण्डे र जीवन शाहीबीच कडा टक्कर भइरहेको छ।
१६११ मत गणना हुँदा पाण्डेले ७९४ र शाहीले ७२९ मत पाएका छन्। अर्का उम्मेदवार चेतराज बजालले ८८ मत पाएका छन्।
पाण्डे शेखर कोइराला टिमका हुन् भने कर्णाली प्रदेशका मुख्यमन्त्रीसमेत रहेका शाही सभापति शेरबहादुर देउवा टिमका हुन्। बजाल भने नेता विमलेन्द्र निधि टिमका हुन्।
प्रकाशित मिति: १५:०२ बजे, शुक्रबार, पुस २, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











