मधेसीतर्फ सहमहामन्त्री : २,००० मत गन्दा महेन्द्रलाई १००६, रामकृष्णलाई ७३६ र रञ्जितलाई २५८
काठमाडौं, पुस २ : नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्वका लागि भएको निर्वाचनपछि अहिले सहमहामन्त्रीको मतगणना जारी छ। पार्टी कार्यालय सानेपामा भइरहेको मतगणनामा अहिले मधेसी...
काठमाडौं, पुस २ : नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्वका लागि भएको निर्वाचनपछि अहिले सहमहामन्त्रीको मतगणना जारी छ।
पार्टी कार्यालय सानेपामा भइरहेको मतगणनामा अहिले मधेसी क्लस्टरको पनि मतगणना भइरहेको छ। जसमा महेन्द्र यादवले अग्रता लिएका छन्।
२,००० मत गनिसक्दा महेन्द्रले १,००६, मत पाएका छन् भने रामकृष्ण यादवले ७३६ मत पाएका छन्। महेन्द्र सभापति शेरबहादुर देउवा टिमका हुन् भने रामकृष्ण नेता शेखर कोइराला टिमका हुन्।
अर्का उम्मेदवार रञ्जित कर्णले २५८ मत पाएका छन्।
प्रकाशित मिति: १४:५३ बजे, शुक्रबार, पुस २, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











