थारुतर्फ उमाकान्तको अग्रता कायमै, ३०५५ मत गन्दा तेजुलालको १३३५ (अपडेट)
काठमाडौं, पुस २ : नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्वका लागि भएको निर्वाचनपछि अहिले सहमहामन्त्रीको मतगणना जारी छ। पार्टी कार्यालय सानेपामा भइरहेको मतगणनामा अहिले थारु...
काठमाडाैं, पुस २ : नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्वका लागि भएको निर्वाचनपछि अहिले सहमहामन्त्रीको मतगणना जारी छ।
पार्टी कार्यालय सानेपामा भइरहेको मतगणनामा अहिले थारु क्लस्टरको पनि मतगणना भइरहेको छ। जसमा उमाकान्त चौधरी अगाडि देखिएका छन्।
३०५५ मत गन्दा उमाकान्तले १६७७ मत पाएका हुन्। अर्का उम्मेदवार तेजुलाल चौधरीले १३३५ मत पाएका छन्।
उमाकान्त खानेपानी मन्त्रीसमेत हुन्। उनी सिटौलाका तर्फबाट देउवा टिममा रहेर उम्मेदवार बनेका हुन्। तेजुलाल भने शेखर कोइराला टिमका हुन्।
प्रकाशित मिति: १४:३९ बजे, शुक्रबार, पुस २, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











