Kathmandu Press

कांग्रेस महाधिवेशन : मधेसीतर्फ सहमहामन्त्रीमा महेन्द्र यादवको अग्रता 

काठमाडौं, पुस २ : नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्वका लागि भएको निर्वाचनपछि अहिले सहमहामन्त्रीको मतगणना जारी छ। पार्टी कार्यालय सानेपामा भइरहेको मतगणनामा अहिले...
कांग्रेस महाधिवेशन : मधेसीतर्फ सहमहामन्त्रीमा महेन्द्र यादवको अग्रता 

काठमाडौं, पुस २ : नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्वका लागि भएको निर्वाचनपछि अहिले सहमहामन्त्रीको मतगणना जारी छ। 

पार्टी कार्यालय सानेपामा भइरहेको मतगणनामा अहिले मधेसी क्लस्टरको पनि मतगणना भइरहेको छ। जसमा महेन्द्र यादवले अग्रता लिएका छन्। 

९०० मत गनिसक्दा महेन्द्रले ५३० मत पाएका छन् भने रामकृष्ण यादवले ३९१ मत पाएका छन्। महेन्द्र सभापति शेरबहादुर देउवा टिमका हुन् भने रामकृष्ण नेता शेखर कोइराला टिमका हुन्।

अर्का उम्मेदवार रञ्जित कर्णले १०८ मत पाएका छन्।

प्रकाशित मिति: १४:३१ बजे, शुक्रबार, पुस २, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्