पिछडिएको क्षेत्र क्लस्टरको मतगणना जारी : पाण्डे र शाहीबीच कडा टक्कर
काठमाडौं, पुस २ : नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्वका लागि भएको निर्वाचनपछि अहिले सहमहामन्त्रीको मतगणना जारी छ। पार्टी कार्यालय सानेपामा भइरहेको मतगणनामा अहिले पिछडिएको...
काठमाडौं, पुस २ : नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्वका लागि भएको निर्वाचनपछि अहिले सहमहामन्त्रीको मतगणना जारी छ।
पार्टी कार्यालय सानेपामा भइरहेको मतगणनामा अहिले पिछडिएको क्षेत्र क्लस्टरको मतगणना भइरहेको छ। जसमा बद्री पाण्डे र जीवन शाहीबीच कडा टक्कर हुने देखिएको छ।
२१३ मत गनिसक्दा पाण्डेले १०६ मत ल्याएका छन् भने शाहीले १०० मत पाएका छन्। चेतराज बजालले भने ६ मत पाएका छन्। पाण्डे शेखर कोइराला टिमका हुन् भने कर्णाली प्रदेशका मुख्यमन्त्रीसमेत रहेका शाही सभापति शेरबहादुर देउवा टिमका हुन्
बजाल भने नेता विमलेन्द्र निधि टिमका हुन्।
प्रकाशित मिति: १४:०२ बजे, शुक्रबार, पुस २, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











