थारु क्लस्टरको मतगणना जारी : तेजुलालभन्दा उमाकान्त अगाडि
काठमाडौं, पुस २ : नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्वका लागि भएको निर्वाचनपछि अहिले सहमहामन्त्रीको मतगणना जारी छ। पार्टी कार्यालय सानेपामा भइरहेको मतगणनामा अहिले...
काठमाडौं, पुस २ : नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्वका लागि भएको निर्वाचनपछि अहिले सहमहामन्त्रीको मतगणना जारी छ।
पार्टी कार्यालय सानेपामा भइरहेको मतगणनामा अहिले थारु क्लस्टरको मतगणना भइरहेको छ। जसमा उमाकान्त चौधरी अगाडि देखिएका छन्।
१ हजार मतगणना भइसक्दा उमाकान्तले ५४२ मत पाएका हुन्। अर्का उम्मेदवार तेजुलाल चौधरीले ४४२ मत पाएका छन्।
उमाकान्त खानेपानी मन्त्रीसमेत हुन्। उनी सिटौलाका तर्फबाट देउवा टिमबाट उम्मेदवार बनेका हुन्। तेजुलाल भने शेखर कोइराला टिमका हुन्।
प्रकाशित मिति: १३:५० बजे, शुक्रबार, पुस २, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











