Kathmandu Press

बालुवाटारमा देउवा र प्रचण्डबीच भेटवार्ता, के–के भयो कुराकानी ? 

काठमाडौं, पुस २ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री तथा कांग्रेसका नवनिर्वाचित सभापति शेर बहादुर देउवासँग भेटवार्ता गरेका छन्। शुक्रबार बिहान...
बालुवाटारमा देउवा र प्रचण्डबीच भेटवार्ता, के–के भयो कुराकानी ? 

काठमाडौं, पुस २ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री तथा कांग्रेसका नवनिर्वाचित सभापति शेर बहादुर देउवासँग भेटवार्ता गरेका छन्। 

शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रचण्डले देउवासँग भेटवार्ता गरेको प्रचण्डका स्वकीय सचिव गंगा दाहालले सामाजिक सञ्जालमार्फत जानकारी दिएकी छन्। 

भेटमा प्रचण्डले कांग्रेसको सभापतिमा विजयी भएकामा बधाई दिएका छन् । त्यस्तै पार्टीका अन्य पदाधिकारीहरुलाई पनि बधाई दिएका छन्। 

उनले प्रधानमन्त्री देउवासँग सदनको अवरोध खुलाउने विषयमा पनि छलफल गरेका छन्। लामो समयदेखि एमालेले सदन अवरुद्ध गरेका कारण आम नागरिकका जनजीविकाका विषयहरु सदनमा छलफल हुन नसकेको भन्दै प्रचण्डले देउवाको ध्यानाकर्षण गरेका हुन्। 

उनले  सदन खोल्ने विषयमा सर्वदलीय बैठक बोलाउन पनि देउवालाई आग्रह गरेका छन्। 

त्यस्तै राष्ट्रिय क्रिकेट टोलीको प्रभावशाली खेलाडीहरुलाई प्रतिवन्ध लगाएको विषयमा पनि प्रचण्डले देउवासँग छलफल गरेको गंगा दाहालले जानकारी दिएकी छन्। 

प्रकाशित मिति: १२:५५ बजे, शुक्रबार, पुस २, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्