लुम्बिनीमा आगलागी, एक दर्जन पसलमा क्षति
काठमाडौं, पुस १ : लुम्बिनीमा आगलागी हुँदा एक दर्जन उपहार पसल जलेर नष्ट भएका छन् ।गएराति साढे एक बजेतिर लागेको आगलागीबाट पर्यटक लक्षित १२...
काठमाडौं, पुस १ : लुम्बिनीमा आगलागी हुँदा एक दर्जन उपहार पसल जलेर नष्ट भएका छन् ।
गएराति साढे एक बजेतिर लागेको आगलागीबाट पर्यटक लक्षित १२ वटा उपहार पसल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
आगलागीबाट त्यहाँ रहेका माला, मूर्ति, ढाका, हस्तकला लगायतका पसलमा भएको आगलागीबाट ७० लाख रुपैयाँ बराबर क्षति भएको अनुमान छ।
कवाड बटुल्ने व्यक्तिले जाडोमा आगो ताप्न बालेको आगोबाट पसलहरुमा आगलागी भएको उनले बताए । बोलाएको एक घण्टापछि मात्र दमकल आउँदा ठूलो क्षति भएको उनले बताए ।
दमकल, प्रहरी र स्थानीयले आगलागी नियन्त्रणमा लिएका र घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
प्रकाशित मिति: १०:४६ बजे, शुक्रबार, पुस २, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











