Kathmandu Press

एमालेकाे विभाग देखि प्रदेश र जिल्ला इञ्चार्ज तोकियो, कसलाई के जिम्मेवारी ? 

काठमाडौं, पुस १ : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पार्टीका विभिन्न विभागका प्रमुख र प्रदेशदेखि जिल्लाका इञ्चार्जं र अध्यक्षको  टुंगो लगाएको छ। केन्द्रीय कमिटी...
एमालेकाे विभाग देखि प्रदेश र जिल्ला इञ्चार्ज तोकियो, कसलाई के जिम्मेवारी ? 

काठमाडौं, पुस १ : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पार्टीका विभिन्न विभागका प्रमुख र प्रदेशदेखि जिल्लाका इञ्चार्जं र अध्यक्षको  टुंगो लगाएको छ। केन्द्रीय कमिटी बैठक पश्चात अन्तरपार्टी निर्देशन (अपानि) जारी गर्दै एमालेले विभिन्न नेताहरुको कार्यविभाजन गरेको हो। 

जसअनुसार  बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई नीति अनुसन्धान प्रतिष्ठानको जिम्मा दिइएको छ । एमालेको तेस्रो वरियतामा रहेका उपाध्यक्ष युवराज ज्ञवालीलाई प्रदेश र स्थानीय तह संयोजन गर्ने र अर्की उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई राजनीतिक समन्वय संयोजन गर्ने जिम्मा दिइएको छ ।

अर्का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले कूटनीतिक सम्बन्ध र राष्ट्रिय सुरक्षाको जिम्मा पाएका छन् ।

महासचिव शंकर पोखरेलले सांगठनिक कामको संयोजन गर्ने जिम्मा पाउँदा उपाध्यक्ष विष्णु पौडेलले सांगठनिक कामको अनुगमन गर्ने जिम्मा पाएका छन् ।

उपमहासचिव प्रदीप ज्ञवालीले स्कुल विभाग पाउँदा पृथ्वीसुब्बा गुरुङले प्रचार तथा प्रकाशन विभाग प्रमुखको जिम्मा पाएका छन् । अर्का उपमहासचिव विष्णु रिमाललाई निर्वाचन विभाग र आर्थिक तथा कोष व्यवस्थापन प्रमुख बनाइएको छ । स्थायी कमिटी सदस्य घनश्याम भुसाललाई भने अर्थ तथा योजना विभागको प्रमुख बनाइएको छ ।

सचिव टोपबहादुर रायमाझीलाई भौतिक पूर्वाधार तथा यातायात व्यवस्था विभाग प्रमुख, गोकर्ण विष्टलाई ऊर्जा, योगेश भट्टराईलाई स्वास्थ्य विभाग प्रमुख र अर्का सचिव लेखराज भट्टराई सुदूरपश्चिम प्रदेश इञ्चार्जको जिम्मेवारी दिइएको छ ।

स्थायी कमिटी सदस्य मणि थापाले भूमि व्यवस्था विभागको जिम्मा पाएका छन्।

प्रकाशित मिति: १०:२३ बजे, शुक्रबार, पुस २, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्