Kathmandu Press

राष्ट्रियसभा निर्वाचनमा १२ मतदान केन्द्र, २०२५ मतदाता

राष्ट्रियसभा निर्वाचनमा १२ मतदान केन्द्र, २०२५ मतदाता

काठमाडौं, पुस २ : निर्वाचन आयोगले आगामी माघ १२ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि मतदाता र मतदान केन्द्र तोकेको छ।

आयोगका अनुसार राष्ट्रिय सभा निर्वाचनमा दुई हजार २५ मतदाता रहेका छन्। जसमा प्रदेशसभा सदस्यहरू ५३२ र स्थानीय तहका प्रमुख तथा उपप्रमुख एक हजार ४९३ छन्।

आयोगले १४ वटा मतदान केन्द्र तोकेको छ। जसअनुसार, प्रदेश १ मा दुई वटा मतदानस्थलमा दुई वटा मतदान केन्द्र तोकिएको छ।

अन्य प्रदेशमा भने एक एक मतदानस्थल तोकिएको छ। जसमा दुई दुई मतदान केन्द्र निर्धारण गरिएको छ।

प्रदेश १ मा गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिका प्रमुख तथा उपप्रमुखको मतदानका लागि प्रदेश निर्वाचन कार्यालय, विराटनगरमा मतदानस्थल तोकिएको छ। त्यस्तै, प्रदेशसभा सदस्यका लागि बाली संरक्षण प्रयोगशाला, विराटनगरमा मतदानस्थल तोकिएको छ।

त्यस्तै, प्रदेश २ को लागि महेन्द्रनारायण निधि भवन, बागमती प्रदेशको लागि औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको सभागृह, गण्डकी प्रदेशको लागि प्रदेश निर्वाचन कार्यालय पोखरा, लुम्बिनी प्रदेशको लागि कर्मचारी मिलन केन्द्र दाङ, कर्णाली प्रदेशको लागि प्रदेश निर्वाचन कार्यालय सुर्खेत र सुदूरपश्चिम प्रदेशको लागि प्रदेश सभा भवन धनगढीमा मतदानस्थल तोकिएको छ।

प्रकाशित मिति: ०८:२४ बजे, शुक्रबार, पुस २, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्