कांग्रेस दलिततर्फको सहमहामन्त्रीमा परियार निर्वाचित
मानबहादुर विश्वकर्मालाई पराजित गर्दै उनी निर्वाचित भएका हुन् ।
काठमाडौं, पुस १ : नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत दलिततर्फको सहमहामन्त्रीमा जीवन परियार निर्वाचित भएका छन् । मानबहादुर विश्वकर्मालाई पराजित गर्दै उनी निर्वाचित भएका हुन् ।
परियारले २२१२ मत पाए भने विश्वकर्माले २१७५ मत ल्याएका छन् । त्यस्तै तेस्रो स्थानमा परेका गंगा सुनारले २२९ मत पाइन् । मतपरिणाम औपचारिक घोषणा हुन बाँकी छ ।
सहमहामन्त्रीमा निर्वाचित परियार शेखर कोइराला प्यानलका हुन् भने विश्वकर्मा सभापति शेरबहादुर देउवा प्यानलका हुन् । यता, हालसम्म परिणाम सार्वजनिक भएको महिला र आदिवासी, जनजाती कलस्टरमा भने देउवा प्यानलका क्रमशः महालक्ष्मी उपाध्याय डिना र भीष्मराज आङ्देम्बे विजयी भएका छन् ।
प्रकाशित मिति: २२:२२ बजे, बिहीबार, पुस १, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











