कांग्रेसको आदिवासीतर्फको सहमहामन्त्रीमा आङ्देम्बे विजयी
नेपाली कांग्रेसको आदिवासी जनजातितर्फ सभापति शेरबहादुर देउवा प्यानलका भीष्मराज आङ्देम्बे विजयी भएका छन् ।_(1).jpg)
काठमाडौं, पुस १ : नेपाली कांग्रेसको आदिवासी जनजातितर्फ सभापति शेरबहादुर देउवा प्यानलका भीष्मराज आङ्देम्बे बिजयी भएका छन् ।
भर्खरै सम्पन्न मत परिणाम अनुसार आङ्देम्बेले २७११ मत ल्याएर विजयी हुँदा शेखर कोइराला प्यानलका विकास लामा १९१३ मतमा सिमित रहे ।
यसअघि सहमहामन्त्री महिलातर्फ देउवा प्यानलकै महालक्ष्मी उपाध्याय डिना निर्वाचित भईसकेकी छिन् ।
प्रकाशित मिति: २१:५६ बजे, बिहीबार, पुस १, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











